Kathmandu Press

कांग्रेसले माग्यो बागमतीका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाद्वारा जारी विज्ञप्तिमा केन्द्रमा एमाले र कांग्रेस सहमतीको सरकारको प्रक्रिया सुरु भइसकेको बताउँदै माओवादी केन्द्रको नेतृत्वमा रहेको बागमती सरकारलाई नयाँ सरकार गठनका लागि बाटो खुलाउन भनिएको छ।
कांग्रेसले माग्यो बागमतीका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

काठमाडौं, असार २७ : नेपाली कांग्रेसले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पदबाट राजीनामा दिन आग्रह गरेको छ। कांग्रेसले नयाँ सरकार गठनका लागि राजिनामा दिएर मार्गप्रशस्त गर्न भनेको छ।

नेपाल कांग्रेस बागमती संसदीय दलले बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलाई पदबाट राजिनामा दिएर कांग्रेस–एमाले सम्मिलित नयाँ गठबन्धनको सरकार गठनका लागि बाटा खोल्न आग्रह गरेको हो।

Hardik ivf

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाद्वारा जारी विज्ञप्तिमा केन्द्रमा एमाले र कांग्रेस सहमतीको सरकारको प्रक्रिया सुरु भइसकेको बताउँदै माओवादी केन्द्रको नेतृत्वमा रहेको बागमती सरकारलाई नयाँ सरकार गठनका लागि बाटो खुलाउन भनिएको छ।

‘माओवादी नेतृत्वको बागमती सरकारलाई एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिँदै राजीनामाको माग गरिसकेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ ‘मुख्यमन्त्रीले राजनीतिलाई सहज रूपमा अगाडि बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्गप्रशस्त गरिदिनुहुन आग्रह गदर्छु।’

अहिलेको अवस्थामा सरकारले कुनै पनि महत्वपूर्ण निर्णय, नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने पनि विज्ञप्तिमा जनाइएको छ। लामाले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्