Kathmandu Press

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले बुझाए राजीनामा

समर्थन फिर्ता लिएसँगै एमालेबाट मन्त्री रहेका ५ जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई साेमबार बिहान सामूहक राजीनामा बुझाएका छन्।
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले बुझाए राजीनामा

मकवानपुर, असोज २४ : नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र नेतृत्वमा रहेको बागमती सरकारबाट एमाले बाहिरिएको हो।

समर्थन फिर्ता लिएसँगै एमालेबाट मन्त्री रहेका ५ जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई साेमबार बिहान सामूहक राजीनामा बुझाएका छन्।

Hardik ivf

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री जगन्नाथथपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए।

एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेकामुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।  विश्वासको मतको मिति भनृे तय भएको छैन ।

नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी छ। दुई दलबीचको सहमति अनुसार यहाँ कांग्रेस नेतृत्वमा सरकार बन्ने छ।

प्रकाशित मिति: ११:०७ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्