Kathmandu Press

तत्काल राजिनामा दिन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई कांग्रेस–एमालेको आग्रह

मुख्यमन्त्री सोडारीले बहुमत गुमाइसकेको अवस्थामा सुदूरपश्चिम सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न समेत कांग्रेस र एमालेले आग्रह गरेका छन्।
तत्काल राजिनामा दिन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई कांग्रेस–एमालेको आग्रह

काठमाडौं, असार २३ : नेपाली कांग्रेस र एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परिसकेको बताउँदै नैतिकताका आधारमा राजिनामा दिन आग्रह गरेका छन्।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले आइतबार संयुक्त प्रेश विज्ञप्ति जारी गदै उक्त आग्रह गरेका हुन्।

Hardik ivf

मुख्यमन्त्री सोडारीले बहुमत गुमाइसकेको अवस्थामा सुदूरपश्चिम सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न समेत कांग्रेस र एमालेले आग्रह गरेका छन्।

विज्ञप्तिमा राष्ट्रिय राजनीतिमा देखापरेको परिवर्तित राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र एमालेले केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको नयाँ संघिय सरकार गठनको पहलकदमी गरिरहेको अवस्था रहेको स्मरण समेत गराइएको छ

यस्तै, सुदूरपश्चिम प्रदेशमा समेत राजनीतिक स्थायित्व, समृद्धि र विकासलाई तिब्रता दिने भन्दै एमालेले गत असार २० गते नै संसदीय दलबाट समर्थन फिर्ता लिई मन्त्रिपरिषदबाट बाहिरिएको अवस्था समेत विज्ञप्तिमा दर्शाइएको छ।

नेपाली कांग्रेस पहिलेदेखि नै विपक्षमा रहँदै आएको थियो। एमालेले संसदीय दलबाट समर्थन फिर्ता लिएको र कांग्रेस पहिलेदेखि नै विपक्षमा रहँदै आएको अवस्थामा सोडारीलाई पदमा रहन नैतिक रुपमा नमिल्ने भन्दै राजिनामा मागिएको हो।

 

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्