Kathmandu Press

बेथानचोकमा महिलालाई अचार बनाउने तालिम

गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत अचार बनाउने ५ दिने व्यावसायिक तालिम दिइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए।
बेथानचोकमा महिलालाई अचार बनाउने तालिम

काभ्रे, असार २० : बेथानचोक गाउँपालिकामा ५२ जनालाई अचार बनाउने व्यावसायिक तालिम दिइएको छ।

गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत अचार बनाउने ५ दिने व्यावसायिक तालिम दिइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको ८० प्रतिशत र बाँकी बेथानचोक गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको उनले जानकारी दिए। आषाढ १६ गते शुरु भई २० गते सम्पन्न तालिममा प्रशिक्षक मिरा बजगाईले सहभागीलाई तालिम दिएका थिए।

Hardik ivf

तालिम समापन समारोहलाई सम्बोधन गर्दै बगमती प्रदेशसभा सदस्य रुकु चौलागाईंले महिला सीपवान भए आर्थिक समुन्नति हुने बताइन्। उनले महिलाका सीप चुलो चौको मै सिमित हुँदा आर्जित सीप  व्यावसायिक नभएकोले आय आर्जनका सवालमा महिलापछि परेको औंल्याए।

4QXCqzgK-1720103581.jpg

कार्यक्रममा बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले तालिमले  आत्मबल बढाउने, आर्थिक हैसियत प्रदान गर्ने हुँदा सीपमुलक तालिमबाट सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले  जनप्रतिनिधिले महिलाको सीप, दक्षता विकासमा ध्यान दियौं भने महिलाले व्यहोरेको अपमान, असमानता विस्तारै न्युनीकरण हुँदै जाने कुरा औल्याउनु भयो ।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले महिला सशक्तीकरण र समावेशिता नारामा वा कुरामा मात्र सिमित नराखी व्यवहार मै उतार्न आवश्यक रहेको बताए। उनले अग्रणी महिलाहरूसँग कुन तालिम आवश्यक छ भन्ने सुवाझ लिएरै अचार बनाउने सीपमूलक तालिम सञ्चालन गरिएको बताए।

m0tWIzhY-1720103581.jpg

सहभागीहरुले तालिममा आँपको अचार, मिक्स अचार, गोलभेंडाको अचार, हरियो अकबरे खुर्सानीको मसला अचार, मथीको टुसाको अचार, खुर्सानीको धुलो र टिमुरको अचार, कागतीको अचार, मेथीको धुलो तथा लेदोको अचार बनाउन सिकेको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता अम्बिका खरेलले जानकारी दिइन्।

उनका अनुसार अर्को समूह सातु बनाउने तालिममा प्रशिक्षणरत रहेका छन्। उनका अनुसार उद्यम विकास कार्यक्रम अन्तर्गत यसअघि वडा नं. १ मा दुना टपरी बनाउने तालिम सम्पन्न भइसकेको छ।

प्रकाशित मिति: २०:१८ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्