Kathmandu Press

समर्थन फिर्ता लिँदै एमालेले छाड्यो लुम्बिनी सरकार

माओवादीका जोखबहादुर महराको नेतृत्वमा रहेको सरकारलाई एमालेले बिहीबार साँझ फिर्ता लिएको हो। समर्थन फिर्तासँगै लुम्बिनी सरकारमा रहेका एमालेका पाँच मन्त्रीले सामूहिक राजीनामा पनि मुख्यमन्त्री महरालाई बुझाएका छन्।
समर्थन फिर्ता लिँदै एमालेले छाड्यो लुम्बिनी सरकार

दाङ, असोज २० : नेकपा एमालेले लुम्बिनी प्रदेश सरकार पनि छाडेको छ।

माओवादीका जोखबहादुर महराको नेतृत्वमा रहेको सरकारलाई एमालेले बिहीबार साँझ फिर्ता लिएको हो। समर्थन फिर्तासँगै लुम्बिनी सरकारमा रहेका एमालेका पाँच मन्त्रीले सामूहिक राजीनामा पनि मुख्यमन्त्री महरालाई बुझाएका छन्।

लुम्बनी सरकारमा एमालेबाट आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसी थिए।

एमालेले समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा समेत गराइसकेसकेको छ।

एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ।

आजै एमालेले नेकपा एकीकृत समाजवादीको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकार पनि छाडेको थियो।

एमालले केन्द्रमा प्रचण्ड सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको थियो । आज बिहीबार मात्रै सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ ।

 

प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्