मधेसका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले आगामी शनिबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।
धनुषा, असार २० : मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले असार २२ गते विश्वासको मत लिने भएका छन्।
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले आगामी शनिबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।
मधेस प्रदेशसभामा चौथो ठूलो दलका रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो।
१०७ सदस्य रहेको मधेस प्रदेश सभामा एमालेका २५, ्कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपा र माओवादीका ९, एकीकृत समाजवादीका ७, राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ सदस्य छन्।
प्रकाशित मिति: १९:१६ बजे, बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार