Kathmandu Press

एमालेले सुदूरपश्चिम सरकार छाड्ने

बिहीबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले एकीकृत समाजवादी नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए।
एमालेले सुदूरपश्चिम सरकार छाड्ने

कैलाली, असार २० : नेकपा एमालेले सुदूरपश्चिम सरकार छाड्ने भएको छ।

कन्द्रमा नेपाली कांग्रससँग सत्ता सकीकरण गर्ने सहमति गरेको एमालेले बिहीबार सुदूरपश्चिम सरकार छाड्ने निर्णय गरेको हो।

Hardik ivf

बिहीबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले एकीकृत समाजवादी नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए।

राजीनामा बुझाए एमालेका मन्त्रीहरु केहीबेरमै मुख्यमन्त्री कार्यालय जाने उनले बताए। सुदूरपश्चिम सरकारमा एमालेका ३ मन्त्री छन्।

एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन्। एमालेका मन्त्रीहरु सरकारमा सहभागी भएको एक महिना पनि भएको छैन।

 

प्रकाशित मिति: १७:४७ बजे, बिहीबार, असार २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्