सुनसरीबाट २२ विदेशी प्रहरीको सम्पर्कमा
सुनसरी, चैत २३ : भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशीलाई प्रहरीले फेला परेको छ।
सुनसरीको हरिनगर गाउँपालिका–१ स....

सुनसरी, चैत २३ : भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशीलाई प्रहरीले फेला परेको छ।
सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुँदै भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले फेला पारेको हो।
प्रहरीले हाल उनीहरुमा कोरोना सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकाले मदरसाभित्रै सुरक्षितरूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको छ। साथै, उनीहरुको स्वाब परीक्षणको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
त्यस्तै, सुनसरीकै इटहरी उपमहानगरपालिका–१८ स्थित जतपुर मस्जिदमा आश्रय लिएर बसेका आठ पाकिस्तानी नागरिकलाई स्थानीयको गोप्य सूचनाका आधारमा प्रहरीले फेला पारेको छ। इलाका प्रहरी कार्यालय पकलीले उनीहरुको स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको छ। स्थानीयले विदेशबाट आउने स्वदेशी तथा विदेशीका बारेमा निगरानी बढाउँदै सूचना सङ्कलन गर्ने क्रममा फेला पारेका मानिसका बारेमा प्रहरीलाई जानकारी गराउने क्रम बढेकाले कोही पनि लुकिछिपी सुनसरीमा बस्न सक्ने अवस्था नरहेको सुनसरी प्रहरीले जनाएको छ।












