Kathmandu Press

सेती प्रादेशिक अस्पतालमा उपचाररत सात जनाको रिपोर्ट नेगेटिभ

धनगढी, चैत २३ : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका सात जनाको रिपोर्ट नेगेटिभ आएको छ । धनगढी उपमहानगरपालिका&....

सेती प्रादेशिक अस्पतालमा उपचाररत सात जनाको रिपोर्ट नेगेटिभ
Hardik ivf

धनगढी, चैत २३ : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका सात जनाको रिपोर्ट नेगेटिभ आएको छ । धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको हो।

परिवारका आठ सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा उनकी ३४ वर्षीया भाउजूको रिपोर्ट पोजेटिभ तथा अन्य सात जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले  बताए।

संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ। संक्रमण देखिएका युवक भने दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए। दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए। उनी नेपालगञ्जबाट अत्तरिया हुँदै हसनपुरस्थित घर पुगेका थिए।

प्रकाशित मिति: ११:५१ बजे, आइतबार, चैत २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्