पर्यटक घुमाउने गाइडको तलब २० प्रतिशत वृद्धि
काठमाडौं, फागुन १५ : पर्यटन क्षेत्रमा काम गर्ने मजदुर तथा गाइडहरूको तलव २० प्रतिशतले बढेको छ ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र न....

काठमाडौं, फागुन १५ : पर्यटन क्षेत्रमा काम गर्ने मजदुर तथा गाइडहरूको तलव २० प्रतिशतले बढेको छ ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल एसोसिएसन अफ ट्राभलएन्ड टुर एजेन्ट्स (नाट्टा) ले २० प्रतिशतसम्म तलव बृद्धि गराएका हुन् । टानले मंगलबार निर्णग गरेको हो भने नाट्टाले गत सातानै टुर गाइडहरूको तलव बढाउने निर्णय गरेको थियो । दुवै संस्थाले सन् २०१९ को जनवारी देखिनै लागू हुने गरी तलब बृद्धि गरेका छन् ।
नाट्टाका अध्यक्ष सिएन पाण्डेका अनुसार दुई साताअघि टुर गाइडको पारिश्रमिक २० प्रतिशतले वृद्धि गरिएको छ । यता टानका अध्यक्ष नवराज दाहालका अनुसार महंगीअनुसार मजदुर तथा गाइडको तलब २० प्रतिशत बढाएको छ ।
गाइड, मजदुर तथा कर्मचारीहरूले ट्रेकिङरुटअनुसार गाइडले फरक–फरक पारिश्रमिक पाउँदै आएका छन् । सोही पारिश्रमिकमा २० प्रतिशत बढाइएको हो । टानले असिस्टेन्ट गाइड, पोर्टर तथा सहयोगीको समेत २० प्रतिशतले पारिश्रमिक बढाएको जनाएको छ ।
बढ्दो मंहगीसँगै मजदुर संगठन तथा गाइडहरूले पारिश्रमिक बढाउन माग गर्दै आएका थिए । सोहीअनुसार पारिश्रमिक बढाएर कार्यान्वयन गर्न सरोकारवाला सबैलाई मंगलबार सूचना जारी गरिएको टानले जनाएको छ । गाइड, असिस्टेन्ट गाइड, पोर्टर तथा सहयोगीले हाल पाइरहेको पारिश्रमिकमा २० प्रतिशत बढाइएको टानले जनाएको छ ।
बढाइएको पारिश्रमिक अनुसार अन्नपूर्ण तथा लाङटाङ क्षेत्रमा जाँदा गाइडले प्रतिदिन दुई हजार एक सय रुपैयाँ पारिश्रमिक पाउने छन् । सहायक गाइडले दुई हजार र सहयोगी मजदुरले एक हजार नौ सय रुपैयाँ पारिश्रमिक पाउने छन् ।
त्यसैगरी सगरमाथा क्षेत्रमा जाने गाइडले दुई हजार तीन सय, सहायक गाइड र सहयोगी मदजुरले दैनिक दुई हजार एक सय रुपैयाँ पारिश्रमिक पाउने छन् । खाना तथा बस्नको व्यवस्था गाइड आफैंले गर्नुपर्छ । टानले वृद्धि गरेको पारिश्रमिक गाइडलाई दिनको लागि सबै कम्पनी तथा संघसंस्थालाई पत्रचार गरिसकेको जनाएको छ ।
त्यसैगरी आधा दिन र पूरा दिन तथा ठाउँ अनुसार पारिश्रमिक निर्धारण गरिन्छ । उपत्यकामा सामान्यतया आधा दिन (चार घण्टा)को टुर हुन्छ । त्यसमा पर्यटक अनुसार पारिश्रमिक निर्धारण हुन्छ । बढाइएको पारिश्रमिक अनुसार एकदेखि दुई जना पर्यटक आधा दिन घुमाउँदा गाइडले एक हजार चार सय ६५ रुपैयाँ पाउँछन् । त्यसैगरी, तीनदेखि ६ जना घुमाउँदा एक हजार आठ सय १५ पाउँछन् । २० भन्दा बढी पर्यटक घुमाउँदा दुई हजार ६ सय २५ पाउँछन् ।











-1754206481.jpg)