Kathmandu Press

कोरोनाभाइरसको महाव्याधिको नेपाल दोस्रो चरणमा,  के हो चरणको अर्थ ?

काठमाडौं, चैत २३ : शनिबार नेपाल सरकारले औपचारिक रुपमा कोरोनाभाइरसको दोस्रो चरणमा पुगेको घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा ....

कोरोनाभाइरसको महाव्याधिको नेपाल दोस्रो चरणमा,  के हो चरणको अर्थ ?

काठमाडौं, चैत २३ : शनिबार नेपाल सरकारले औपचारिक रुपमा कोरोनाभाइरसको दोस्रो चरणमा पुगेको घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा विदेशबाट आएकाले नेपालमै बस्ने स्थानीयमा कोरोनाभाइरस संक्रमण भएकाले दोस्रो चरणमा पुगेको जनाएको छ । नेपाल र भारत दुवै सरकारले अहिले लकडाउन गरेको अवस्था छ । भारत भने अघिल्लो शनिबारदेखिनै दोस्रो चरणको संक्रमणको अवस्थामा छ ।

भारतको काउन्सिल अफ मेडिकल रिर्सच (आइसिएमआर), स्वास्थ्य मन्त्रालय र कोभिड १९ को कार्यदलले भारत भयावह तेश्रो चरणमा नपुगेको बताएको छ। हाललाई सामुदायिक स्तरमा कोरोनाभाइरस नफैलिएको बताइएको छ।

चीन, इटाली र संयुक्त अधिराज्य महाव्याधिको तेश्रो चरणमा छन्। कोभिड १९ कै कारण सयौंले ज्यान गुमाएको र संक्रमितको संख्या पनि उत्तिकै बढ्दै गएको छ।

Hardik ivf

कोभिड १९ को चार चरण

पहिलो चरण

स्थानीय रूपमा विकास नभई प्रभावित देशबाट भित्रिएको र विदेश यात्रा गरेकालाई मात्रै श्वासप्रश्वाससम्बन्धी रोग लागेको अवस्थालाई पहिलो चरण भनिन्छ। यो चरणमा स्थानीय रूपमा रोग फैलिंदैन।

दोश्रो चरण

यो चरणमा संक्रमण स्थानीय रूपमा पनि फैलिन थाल्छ। संक्रमणको श्रोत थाहा हुन्छ र पहिचान गर्न सकिन्छ। विदेश भ्रमण गरेका संक्रमितसँग सम्पर्कमा आएकाहरू पनि संक्रमित हुन्छन्। परिवारको सदस्य वा संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरू नै प्रायस् संक्रमित हुन्छन्।

दोश्रो चरणमा थोरै व्यक्ति मात्रै प्रभावित हुन्छन्। कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुन्छ। सेल्फ क्वारेन्टाइन गरेर रोग फैलिनबाट रोक्न सकिन्छ। भारत अहिले दोश्रो चरणमा छ।
तेश्रो चरण यो सामुदायिक स्तरको संक्रमण हो। व्यक्तिको संक्रमणको श्रोत पहिचान गर्न र आइसोलेट (एकान्तबास) पनि गर्न सकिदैंन।

यो चरणमा संक्रमित वा प्राभावित देशमा यात्रा गरेका व्यक्तिसँग सम्पर्कमा नआएकाहरू पनि कोरोनाभाइरसको संक्रमित हुन थाल्छन्। सामुदायिक स्तरको संक्रमण सुरू भएपछि महामारी समूहमा र तिव्र गतिमा फैलिन्छ। सिंगुर, इटाली र स्पेन अहिले तेश्रो चरणमा छन्।

चौथो चरण

यो सबैभन्दा भयावह चरण हो। थुप्रै समूहमा संक्रमण फैलिएको हुन्छ र महामारी बन्छ। ठूलो संख्यामा संक्रमित हुने भएकाले रोग नियन्त्रण गर्न कठिन हुन्छ।
 

प्रकाशित मिति: ०७:४१ बजे, आइतबार, चैत २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्