Kathmandu Press

मिस कोशीको फाइनलमा २६ जना भिड्दै

आठौं संस्करणको मिस कोशी केही फरक र भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए। प्रतियोगिताको बिजेताले नगद १ लाख र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन्।
मिस कोशीको फाइनलमा २६ जना भिड्दै

मोरङ, असार १३ : आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन्। जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन्।

फाइनलमा गोर्खाकी सबिता भट्ट, मोरङ मिक्लाजुङकी रिया आचार्य, बेलबारीकी, हेखां चामलिगं राई, इटहरीकी एलिजा केशी, संस्कृती ओझा, स्वस्तिका राई, कल्पना सहनी, शुभ लक्ष्मी राई, बबिना मगर, कटहरीकी सन्जना कुमारी राजबंशी, भोजपुरकी आलिया राई, निकिता राइ रहेकी छिन्।  

यस्तै धरानकी रेशु राई, रोमिका राई,  निशा हागंमा लिम्बु, इना खापुङ, जेनिफर राई, समिस्टा बि.क, करुना गजमेर रहेकी छिन्।

यसैगरी बराहक्षेत्रकी सृजना थापा, विराटनगरकी गिता अधिकारी, जुम्लाकी कृती श्रेष्ठ, रतुवामाईकी निगम मोक्तान तामाङ, सिरहाकी सुजिता कुमारी साह, उर्लाबारकिी रोजिना खड्का र धनकुटाकी दृष्टी कार्की फाइनलमा पुगेकी छिन्।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ। आठौं संस्करणको मिस कोशी केही फरक र भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए। प्रतियोगिताको बिजेताले नगद १ लाख र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन्।

प्रतियोगिहरुले यसअघि ट्यालेन्ट शो पनि देखाएका छन्। उनीहरुले आफ्नो रुची अनुसारको प्रतिभा ट्यालेन्ट राउन्डमा देखाए।

फाइनलमा पुगेका प्रतियोगिहरु अहिले बन्द प्रशिक्षणमा रहेका छन्। उनीहरुले बन्द प्रशिक्षणमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट फाइनलमा पुगेका प्रतियोगिहरुलाई प्रशिक्षण दिदै आएका छन्।

प्रकाशित मिति: १९:०८ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्