जलमग्न बन्यो विराटनगर
डुबानका कारण विराटनगर क्षेत्रका अधिकांश विद्यालय बन्द बुधबार भएकाछन् ।
मोरङ, असार १२ : अविरल वर्षाका कारण विराटनगर बुधबार जलमग्न भएको छ। मंगलबार रातिदेखि अविरल वर्ष भएपछि महानगरका १९ वटै वडा डुबेका छन्।
डुबानका कारण विराटनगर क्षेत्रका अधिकांश विद्यालय बन्द बुधबार भएकाछन् ।
पानीको निकास राम्रोसँग नहुँदा वर्षातमा हरेकवर्ष विराटनगर डुबानमा पर्दै आएको छ। घरको भुइतल्लामा २ फिटसम्म पानी जमेको बताइएको छ।
महानगरको वडा नं १५, १६, १७ र १८ का मिल्स एरिया, लंका, दरैया, दामागिरी र स्लामपुर सहितका बस्ती डुबानले बढी प्रभावित भएको बताइएको छ।
प्रकाशित मिति: १३:३४ बजे, बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार