Kathmandu Press

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाईसहित गितार उपहार 

प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए ।
नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाईसहित गितार उपहार 

काठमाडौं, असार १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिए । 

प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: ०९:३४ बजे, बुधबार, असार १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्