कांग्रेस संसदीय दलका नेता शाहले भने– रेडबुक बिचौलियामार्फत सार्वजनिक भयो
रेडबुक सार्वजनिक भएको घटना बारे सरकारले नैतिक रुपमा जिम्मेवारी लिएर छानविन समिति गठन गर्न र घटनामा संलग्नलाई कारवाही गर्नसमेत समेत नेता शाहले माग गरेका छन्। उक्त घटनालाई सामान्य रुपमा नलिन पनि उनले सरकारसँग आग्रह गरेका छन्।
धनगढी, असार ११ : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारको ‘रेडबुक’ बिचौलिया मार्फत सार्वजनिक भएको आरोप लागेको छ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले उक्त भनाई राखेका हुन्। सरकारले हालसम्म सार्वजनिक गर्न नसकेको रेडबुक बिचौलिया मार्फत सार्वजनिक भएको शाहले बताए।
प्रदेश सरकारले आव २०८१÷२०८२ का लागि तयार पारेको रेडबुकको पिडिएफ कपी आफ्नो हातमा पुगेको जानकारी शाहले पत्रकारलाई दिएका छन्। सरकारकै मान्छेहरुबाट रेडबुक बिचौलियाका हातमा पुगेको दाबी शाहको छ।
रेडबुक सार्वजनिक भएको घटना बारे सरकारले नैतिक रुपमा जिम्मेवारी लिएर छानविन समिति गठन गर्न र घटनामा संलग्नलाई कारवाही गर्नसमेत समेत नेता शाहले माग गरेका छन्। उक्त घटनालाई सामान्य रुपमा नलिन पनि उनले सरकारसँग आग्रह गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरेको थियो। सरकारले बजेट सार्वजनिक गरेको केही दिन भित्रै रेडबुक प्रकाशित भइसक्नु पर्थ्यो।
अघिल्ला वर्षहरुमा एक हप्ता अघि नै रेडबुक प्रकाशित गर्ने अभ्यास थियो। यो वर्ष भने सुदुरपश्चिम सरकारले अहिलेसम्म रेडबुक प्रकाशित गर्न सकेको छैन
‘यो घटना सामान्य होइन। सरकारले गम्भीरताका साथ छानविन गरेर घटनाको सत्यतथ्य सार्वजनिक गरोस’ पत्रकार सम्मेलनमा शाहले भने, ‘नत्र हामी प्रतिरोध गर्छौं, विरोध गर्छौं। सरकार छोड्न वाध्य पार्छांै।’
सरकारले प्रकाशित गर्न नसकेको रेडबुकको पिडिएफ कपी अहिले हरेकको हात हातमा पुगिसकेको बताइएको छ। उक्त घटनालाई नेता शाहले दुर्भाग्यपूर्ण भनेका छन्।