‘खानेपानी समस्याको दीर्घकालीन समाधान प्रदेश सरकारको प्राथमिकतामा छ’
‘अन्य क्षेत्रको बजेट काटेर पनि खानेपानीका समस्या समाधान गर्नुपर्छ। खानेपानिका बहुवर्षीय योजनाहरुमा बजेट सुनिश्तिच गरिएको छ,’ उनले भने, ‘अगामी आर्थिक वर्षको बजेटमा समेत खानेपानीका समस्याको दिर्घकालीन समाधानका लागि बजेट छुट्याइएको छ।’मकवानपुर, असार ११ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले खानेपानीको समस्याको दिर्धकालीन समाधान सरकारको प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन्।
मंगलबार खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले आयोजना गरेको बागमती प्रदेशस्तरीय क्षमता अभिबृद्धी गोष्ठीको उद्घाटन गर्दे खानेपानीका वहुवर्षी योजनाहरुमा बजेट सुनिश्चित गरिएको बताए।
‘अन्य क्षेत्रको बजेट काटेर पनि खानेपानीका समस्या समाधान गर्नुपर्छ। खानेपानिका बहुवर्षीय योजनाहरुमा बजेट सुनिश्तिच गरिएको छ,’ उनले भने, ‘अगामी आर्थिक वर्षको बजेटमा समेत खानेपानीका समस्याको दिर्घकालीन समाधानका लागि बजेट छुट्याइएको छ।’
बागमती प्रदेशका खानेपानी, उर्जा, तथा सिंचाइमन्त्री एकलाल श्रेष्ठले खानेपानीको समस्या हल गर्नका लागि सबै एक हुने बेला आएको बताए।
प्रदेशमा स्वच्छ खानेपानीको प्रबन्धका लागि तीनै तहका सरकारहरुले सहकार्य र समन्वय गर्न आवश्यक छ।