Kathmandu Press

कोशी सरकारविरुद्धको रिट सोमबार पनि ‘हेर्दाहेर्दै’मा

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्की नेतृत्वको सरकार गठन प्रक्रियाप्रति प्रश्न उठाउँदै रिट दायर गरेका थिए। सोमबार मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट बहस भए पनि केही कानुनव्यवसायी अझै बाँकी छन्।
कोशी सरकारविरुद्धको रिट सोमबार पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं, असार १० : कोशी प्रदेश सरकारको वैधता विवादमा सोमबार पनि बहस नसकिएपछि रिटलाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

उक्त विवादमा सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाई चलिरहेको छ।

Hardik ivf

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्की नेतृत्वको सरकार गठन प्रक्रियाप्रति प्रश्न उठाउँदै रिट दायर गरेका थिए। सोमबार मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट बहस भए पनि केही कानुनव्यवसायी अझै बाँकी छन्।

मंगलवार रिट निवेदकका कानुनव्यवसायीले जवाफ दिएपछि निर्णय आउने सम्भावना छ।

सर्वोच्चको पूर्ण इजलासले मुख्यमन्त्री कार्कीका तर्फबाट एक जनाले मात्र बहस गरेर रिट निवेदक पक्षले जवाफ दिने गरी समय व्यवस्थापन गरेको छ।

निवर्तमान मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नमिल्ने दाबी गर्दै नयाँ सरकार गठनको निर्णय बदर गर्न माग गरेका छन्।

 

प्रकाशित मिति: १८:२९ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्