Kathmandu Press

सामान्य अंकले बढ्यो नेप्से

सामेबार पाँच अर्ब सात करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो मूल्यमा एक करोड सात लाख सात हजार ८७८ कित्ता सेयर किनबेच भएको छ।
सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, असार १० : सोमबार नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार २०६६.१६ विन्दुमा बन्द भएको छ।

सामेबार पाँच अर्ब सात करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो मूल्यमा एक करोड सात लाख सात हजार ८७८ कित्ता सेयर किनबेच भएको छ।

१४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको भने स्थिर छ।

नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सर्वाधिक गुमाउनेमा बुद्धभूमि लघुवित्त छ। उसको सेयर मूल्य ७.०१ प्रतिशतले घटेको छ।

१३ उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ।

प्रकाशित मिति: १८:२८ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्