Kathmandu Press

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट

महानगरको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी एक अर्ब ५० करोड रहेको बजेट प्रस्तु गर्दै उपप्रमुख डंगोलले बताइन्।
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट

काठमाडाैं, असार १० : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलले सोमबार उक्त बजेट प्रस्तुत गरेरिन्।

महानगरको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी एक अर्ब ५० करोड रहेको बजेट प्रस्तु गर्दै उपप्रमुख डंगोलले बताइन्।

Hardik ivf

स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि १९ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ०.७९ प्रतिशत हो।

यस्तै, कार्यालय सञ्चालन र प्रशासन सञ्चालनका लागि १४.४४ प्रतिशत अर्थात् तीन अर्ब ४९ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै, पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित मिति: १८:२३ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्