Kathmandu Press

अन्तर्राष्ट्रिय आवश्यकताका आधारमा बजेट विनियोजन भएको छ : मन्त्री चौधरी

मन्त्री चौधरीले महिला सशक्तिकरण एवं अपांगता भएका व्यक्ति लक्षित कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले प्राथमिकताका साथ बजेट विनियोजन गरेको पनि बताइन्।
अन्तर्राष्ट्रिय आवश्यकताका आधारमा बजेट विनियोजन भएको छ : मन्त्री चौधरी

काठमाडौं, असार १० : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अगामी बजेटमा मन्त्रालयले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायतलाई विषेश प्राथमिकतामा राखेको बताएकी छिन्।

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री चौधरीले संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरु कार्यान्वयन गर्न राज्यले अवलम्बन गरेका नीतिहरु कार्यान्वयन गर्न अन्तरराष्ट्रिय रुपमा प्रस्तावित आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको दाबी गरिन्।

Hardik ivf

‘महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसंख्यक सम्बन्धी उठाएका जायज मागहरुमा गम्भिर ध्यानाकर्षण भएको छ। यी क्षेत्रहरुलाई विषेश प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ,’ उनले भनिन्, ‘संविधानले प्रत्याभूत गरेको व्यवस्थाहरु कार्यान्वयन गर्न राज्यले अवलम्बन गरेका नीतिहरु कार्यान्वयन गर्न अन्तरराष्ट्रिय रुपमा प्रस्तावित आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको छ,’

उनले राज्याको अनिवार्य दायित्वभित्र पर्ने संवेदनशील विषयको लागि मन्त्रालयले प्राप्त गरेको बजेटलाई सिमाभित्र रहेर विनियोजन गरेको पनि बताइन्।

आफू बहाल रहेको मन्त्रालयअन्तर्गत कुनै कार्यालय नभएका कारण बजेटमाथि प्रस्तावित कार्यक्रमहरु कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारलाई वित्तिय हस्तान्तरणमार्फत अनुदान पठाइने पनि उनको भनाई छ।

मन्त्री चौधरीले महिला सशक्तिकरण एवं अपांगता भएका व्यक्ति लक्षित कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले प्राथमिकताका साथ बजेट विनियोजन गरेको पनि बताइन्।

प्रकाशित मिति: १५:५८ बजे, सोमबार, असार १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्