महाकालीमा डुबेर बालिकाको मृत्यु, अर्की बालिका वेपत्ता
पौडी खेल्ने क्रममा बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो।
कैलाली, असार ८ : महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो।
यस्तै अर्की बालिका बेपत्ता भएकी छन्। प्रहरीका अनुसार वेपत्ता हुनेमा सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड छिन्।
उनीहरू कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार बिहान पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ। प्रहरीले बेपत्ता अर्की बालिकाको खोजी गरिरहेको छ।
प्रकाशित मिति: १८:०८ बजे, शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![दशैंको मुखमा विमानस्थलमा देश छाड्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791878019.jpg)