Kathmandu Press

बेथानचोकमा कविता प्रतियोगिता

प्रतियोगितामा श्री कृष्णगोपाल माध्यमिक विद्यालयकी छात्रा कुसुम तिमल्सिनाले 'ऊ र म' शीर्षकको कविताले प्रथम स्थान प्राप्त गरिन्। उनले आफ्नो कविता मार्फत गहिरो भावनात्मक प्रभाव पार्न सफल भइन्।
बेथानचोकमा कविता प्रतियोगिता

काभ्रे, असार ८ : काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ३ मा शुक्रबार एक विशेष कार्यक्रमका साथ गाउँपालिकाव्यापी कविता प्रतियोगिता भव्यताका साथ सम्पन्न गरियो।

प्रतियोगितामा १० विद्यालयका २७ छात्रछात्राले आफ्ना उत्कृष्ट कविता वाचन गरेर दर्शकहरूको मन जिते। प्रतियोगिता अत्यन्त उत्साहजनक र प्रतिस्पर्धात्मक माहोलमा सम्पन्न भएको थियो।

प्रतियोगितामा श्री कृष्णगोपाल माध्यमिक विद्यालयकी छात्रा कुसुम तिमल्सिनाले 'ऊ र म' शीर्षकको कविताले प्रथम स्थान प्राप्त गरिन्। उनले आफ्नो कविता मार्फत गहिरो भावनात्मक प्रभाव पार्न सफल भइन्।

Hardik ivf

द्वितीय स्थान 'मलाई मन छ' शीर्षकको कविता प्रस्तुत गरेर सरस्वती माविकी छात्रा उषा श्रेष्ठले हासिल गरिन्, जसले बाल्यकालका सपनाहरूलाई समेटेको थियो। तृतीय स्थानमा 'म को हुँ' शीर्षकको कविता मार्फत वर्षा तामाङले आफ्नो पहिचान खोजीलाई मार्मिक रूपमा प्रस्तुत गरिन्।

aP8xa1q7-1719037681.jpg

सोनिका सेन्चुरी, इन्द्रबहादुर लोप्चन, डोल्मा तामाङ र सरिता सुनारले सान्त्वना पुरस्कार जिते। निर्णायक मण्डलमा रहेका कवि अभय श्रेष्ठ, विश्व सिग्देल र दीपक सापकोटाले प्रतिस्पर्धी कविताहरूको उत्कृष्टतामा अचम्म माने। कवि विश्व सिग्देलले बालबालिकाहरूका कविता परिपक्व र कुसल शिल्पीले बुने झैँ रहेको बताउँदै उनीहरूको प्रयासको प्रशंसा गरे।

प्रतियोगिताको दोश्रो सत्रमा बेथानचोकका प्रतिभावान व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि आयोजना गरिएको थियो। प्रख्यात संगीतकार राजेश थापा मगर र १०ं२ मा विज्ञान संकायतर्फ नेपालभरि सर्वोत्कृष्ट जिपिए प्राप्त गरेका विद्यार्थी रजित दाहाललाई विशेष सम्मान प्रदान गरियो।

EdHibwE3-1719037682.jpg

सम्मानित व्यक्तित्व र प्रतियोगिताका विजेताहरूलाई बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र वडा नम्बर ३ का अध्यक्ष कुबेर ढकालले दोसल्ला र प्रमाणपत्र प्रदान गरे। अध्यक्ष ढकालले यस्ता कार्यक्रमहरूले बालबालिकाको सिर्जनशीलतालाई प्रोत्साहन गर्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू पुनः आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतियोगिताले बालबालिकाको प्रतिभा उजागर गर्न र सिर्जनशीलतालाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस किसिमका कार्यक्रमहरूले गाउँपालिकाको शैक्षिक र सांस्कृतिक विकासमा ठोस योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: १२:१४ बजे, शनिबार, असार ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्