Kathmandu Press

बागमतीमा सत्तापक्ष र प्रतिपक्षीबीच पाँचबुँदे सहमति, प्रदेशसभाको बाधा हट्यो

सत्तापक्ष र र प्रमुख प्रतिपक्षी दलबीच ५ बुँदे सहमति भएपछि प्रदेश सभाको विवाद समाधान भएको छ। सहमतिपछि अबरुद्ध प्रदेशसभा बैठक चल्ने वातावरण बनेको छ।
बागमतीमा सत्तापक्ष र प्रतिपक्षीबीच पाँचबुँदे सहमति, प्रदेशसभाको बाधा हट्यो

मकवानपुर, असार ७ : बजेटको विषयलाई लिएर बागमती प्रदेशसभा देखिएको गतिरोध अन्त्य भएको छ।

सत्तापक्ष  र र प्रमुख प्रतिपक्षी दलबीच ५ बुँदे सहमति भएपछि प्रदेश सभाको विवाद समाधान भएको छ। सहमतिपछि अबरुद्ध प्रदेशसभा बैठक चल्ने वातावरण बनेको छ।

Hardik ivf

बजेट विनियोजनमा प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभामा अवरोध गरेको थियो। बजेटको विरोध गर्दै कांग्रेस र राप्रपाले नाराबाजी गरेपछि बिहीबारको बैठकमा स्थगित भएको थियो।

आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट छलफलका लागि टेबल गर्नुअघि पेश भएको विवरणको त्रुटि सच्चाउने, प्राविधिक र कानुनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने सहमति भएको छ।

यस्तै, प्रतिपक्ष दलहरूको मागअनुसार कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्ने पनि सहमति भएको छ।

सहमति पत्रमा मुख्यमन्त्री शालिकराम जम्मकटटेल, आर्थिक मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्ण खनाल तथा प्रतिपक्ष दल कांग्रेसका बहादुरसिंह लामा र राप्रपाका उद्धव थापाको हस्ताक्षर छ।

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्