Kathmandu Press

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा अवरुद्ध

नेपाली कांग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रबारको प्रदेश सभा बैठक अबरुद्ध गरेको हो।
कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा अवरुद्ध

दाङ, असार ७ : लुम्बिनी प्रदेश सरकारको बैठक अवरुद्ध भएको छ। नेपाली कांग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रबारको संसद बैठक अबरुद्ध गरेको हो।

शुक्रबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो धारणा राखिसकेपछि काग्रेसले संदन अवरुद्ध गरेको हो। दल नेता बोलिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाए थिए।

Hardik ivf

संसदमा सम्वोधन गर्दै कांग्रेस संसदीय दलका नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथमिकतामा राखेको भनेर चालु वर्षभन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको बताए। उनले सरकार किसानको विरोधी भएको टिप्पणी गरे।

आम जनतालाई मल बीउ पुर्याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो,’ उनले प्रश्न गरे। उनले पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताए।

‘स्थानीय जनजातीहरुले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो त्यो अहिले काटेर अर्को क्षेत्रमा राखियो,’ उनले भने, ‘के यो सरकार जनजाती विरोधी हो। यो सरकार गरिखाने वर्गहरुको लागि बनेको सरकार होइन्? यो त महिला, गरिखाने वर्ग, युवाहरुको विरोधी सरकार भयो । नाराले मात्रै हैन, पैसा र काम गरौ अनि मात्रै नारा सफल हुन्छ।’

उनले विपन्न वर्गसँग जोडिएका कार्यक्रमहरु कटौटी गरेको र नयाँ नल्याएको बताएका थिए। उनले युवा, महिला, जेष्ठ नागरिक, मधेशी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्तकमैया, जनजाती, वादी, गन्दर्भ,चमार, लोपोन्मुख, मुसहर, पौडे, नटुवा माझी, कुसुन्ड, कोरी समुदायलाई बजेटले नछोएको बताए । यस्तो अवस्था कस्का लागि बजेट ल्याएको भने र प्रश्न गरे।

चालु आवमा धेरै योजना बन्द गरिएको छ, आयका कार्यक्रम सञ्चालन गर्न किन नदिएको हो। बजेटले संघीयता विरोधी भएकाले विरोध गरेको उनले बताए। घाटाको बजेट ल्याउने र पुरा नहुने राजश्व संकलनको लक्ष्य देखाएर आम नागकिलाई भ्रममा पारिएको बताए ।

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्