बजेटको जोडघटाउ नमिलेको भन्दै गण्डकी प्रदेश सभा वैठक स्थगित

पोखरा, असार ६ः गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नै नमिलेको भन्दै एमालेले जवाफ मागेपछि सत्तापक्षकै आग्रहमा सभामुख कृष्ण धितालले संसद स्थगित गरेका छन्।
एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले बजेटमा प्रस्तुत गरिएको अंकको हिसाबकिताब नै गल्ती भएको भन्दै त्यसको जवाफ नदिएसम्म संसद चल्न नसक्ने भन्दै जवाफ मागेका थिए।
असार १ गते गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङले ल्याएको बजेटको राजस्व र व्ययको वार्षिक अनुमाथि सामान्य छलफलको क्रममा एमाले उपनेता थापाले सरकारको हिसाब नमिलेको भन्दै प्रश्न उठाएका थिए।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अर्थमन्त्री डा. टकराज गुरुङले छलफल गरेर संसद स्थागित गर्न भनेपछि सभामुख धितालले १० मिनेटका लागि संसद स्थगित गरेका हुन्।
प्रकाशित मिति: १६:४० बजे, बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार