Kathmandu Press

बागमतीको बजेटमा प्रतिपक्ष असन्तुष्ट, प्रदेशसभामा नाराबाजी

संसद् बैठकमा ‘बजेट पुनःलेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन,’ जस्ता नारा लगाउँदै कांग्रेस र राप्रपाका सांसदहरुले विरोध जनाएका थिए।
बागमतीको बजेटमा प्रतिपक्ष असन्तुष्ट, प्रदेशसभामा नाराबाजी

काठमाडौं, असार ६ : बजेट असन्तुलित भएको भन्दै कांग्रेससहितका प्रतिपक्षी दलले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेका छन्।

प्रतिपक्षी दलहरुले बजेट पुनः लेखनको माग गर्दै संसद् अवरोध गरेका हुन्। कांग्रेस र राप्रपाका सांसदहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको तथा आय व्ययको विवरण नमिलेको बताएका छन्।

Hardik ivf

संसद् बैठकमा ‘बजेट पुनःलेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन,’ जस्ता नारा लगाउँदै कांग्रेस र राप्रपाका सांसदहरुले विरोध जनाएका थिए।

बजेट सिस्टमलाई नै उलङ्घन गरेर बजेट कार्यक्रम फरक पर्ने गरी ल्याइएको भनाई प्रतिपक्षी सांसदहरुको छ । विरोध पश्चात् सभामुख भुवनकुमार पाठकले विहीबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका गरेका छन्।

 

प्रकाशित मिति: १४:२१ बजे, बिहीबार, असार ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्