सुनको मूल्य तोलामा ६ सय बढ्यो
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।काठमाडौं, असार ६ : केही दिन लागतार स्थिर रहेको सुनको मूल्य बिहीबार भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेर एक हजार ८४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधाआइतबार, मंसिर ९, २०८१
सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो आइतबार, मंसिर ९, २०८१
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदैआइतबार, मंसिर ९, २०८१
चिलिमेका तीनवटै आयोजना सम्पन्न, १६८ मेगावाट थपशनिबार, मंसिर ८, २०८१