Kathmandu Press

स्वस्थ जीवनका लागि योग गरौँ : मुख्यमन्त्री सिंह

युवासहित सबै वर्गका व्यक्ति स्वस्थ भएमा मात्र राष्ट्र स्वस्थ भइ समृद्धिको मार्गमा जाने उनको भनाइ छ । मानव जीवन सफल बनाउन योग तथा प्राकृतिक चिकित्साको ठूलो महत्व भएको उनको भनाई थियो।
स्वस्थ जीवनका लागि योग गरौँ : मुख्यमन्त्री सिंह
फाइल तस्बिर।

धनुषा, असार ५ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वस्थ जीवनका लागि दैनिकरूपमा योग प्राणायाम आवश्यक रहेको बताएका छन्।

दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासले आज तिरहुतियागाछीमा आयोजना गरेको योग शिविरमा उहाँले युवा वर्गलाई गलत मार्गबाट जोगाउन योग तथा ध्यानतर्फ आकर्षित गर्न जरुरी रहेको बताए। उनले योगको अभ्यास नियमितरुपमा घर घरमा हुनुपर्ने बताए।

Hardik ivf

युवासहित सबै वर्गका व्यक्ति स्वस्थ भएमा मात्र राष्ट्र स्वस्थ भइ समृद्धिको मार्गमा जाने उनको भनाइ छ । मानव जीवन सफल बनाउन योग तथा प्राकृतिक चिकित्साको ठूलो महत्व भएको उनको भनाई थियो।

मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हिमालय क्षेत्रमा वैदिककालदेखि ऋषिमुनिहरुले योग गरेको  उल्लेख गर्नुहुँदै योग तथा प्राकृतिक चिकित्साको अध्ययन अध्यापन नेपाल संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा हुने गरेको जनाए।

उनले योगलाई आयुर्वेदसँग जोडेर विकास गर्न  नरदेवी आयुर्वेद कलेजले पहिलेदेखि अध्ययन अध्यापन गर्दै आएको बर्ताए। नेपाल सरकारले पनि माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको उनले बताए।

प्रकाशित मिति: २१:१५ बजे, बुधबार, असार ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्