Kathmandu Press

उद्यमशीलता विकासका लागि तालिम

नगर युवा परिषद्को आयोजना भएको तालिममा उद्यशीलता, सृजनशीलता, व्यवसाय छनोट, उत्पादन अभ्यास, व्यवसाय व्यवस्थापन, बजार तथा बजारिकरण अवधारणा, उत्पादन योजना, खर्च योजनाका बारेमा अभिमुखिकरण हुनेछ।
उद्यमशीलता विकासका लागि तालिम

काभ्रे, असार ५ : नमोबुद्ध नगरपालिकाले उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न तालिम सञ्चालन गरिएको छ।

नगर युवा परिषद्को आयोजना भएको तालिममा उद्यशीलता, सृजनशीलता, व्यवसाय छनोट, उत्पादन अभ्यास, व्यवसाय व्यवस्थापन, बजार तथा बजारिकरण अवधारणा, उत्पादन योजना, खर्च योजनाका बारेमा अभिमुखिकरण हुनेछ।

Hardik ivf

तालिमकै अवधीमा सहभागीले व्यवसायिक योजना निर्माण, प्रस्तुतिकरणका साथै सफल उद्यमीसँग अन्तरक्रिया समेत गर्नेछन्।

७ दिन सम्म चल्ने तालिममा औद्यागिक व्यवसाय विकास प्रतिष्ठानका पूर्वनिर्देशक समेत रहेका प्रमुख प्रशिक्षक इश्वरीप्रसाद शर्माले सहभागीलाई अभिमुखिकरण गर्नेछन् । ११ वटै वडाबाट कम्तीमा १ महिलासहित २ पुरुष गरी ३३ जना तालिममा सहभागी छन्।

cBcibZbW-1718805722.jpg
 

तालिम उद्धघाटन गर्दै नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले पर्याप्त स्वरोजगार सिर्जना गर्न नगरपालिकाले भूमिका निर्वाह गर्ने भन्दै त्यसको लागि आगामी आर्थिक बर्षमा बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे।

नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले युवामा रोजगारी, उद्यमशीलता विकास गर्दै आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै आगामी आर्थिक बर्षमा पर्याप्त बजेट विनियोजन गर्न अनुरोध गरे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, शिक्षा शाखा प्रमुख कल्पना घिमिरे लगायतले उद्यमशीलता सिर्जना गर्न सके नगर समृद्ध बनाउन सकिने तर्क गरे।

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्