Kathmandu Press

खानीखोलामा खुवा बनाउने उद्योग निर्माण हुँदै

खानिखोला गाउँपालिका–५ स्थित तालढुङ्गामा स्थापना गर्न लागिएको दुधको खुवा बनाउने उद्योग निर्माण हुने यस उद्योगका व्यवस्थापक निर्मल लामाले बताए।
खानीखोलामा खुवा बनाउने उद्योग निर्माण हुँदै

काभ्रे, असार ५ : काभ्रेको खानिखोला गाउँपालिकामा दुधको खुवा बनाउने उद्योग निर्माण हुँदै भइरहेको छ।

अहिले ५ करोडको लागत उद्योगको आरसिसी भवन निर्माण भइरहेको छ। वडा नम्बर ५ ताल्ढुङ्गामा नमूना शहर बन्ने भएसँगै खुवालाई ब्रान्ड बनाउने उद्देश्यले उद्योगको निर्माण गर्न लागेको छ।

Hardik ivf

खानिखोला गाउँपालिका–५ स्थित तालढुङ्गामा स्थापना गर्न लागिएको दुधको खुवा बनाउने उद्योग निर्माण हुने यस उद्योगका व्यवस्थापक निर्मल लामाले बताए।

स्थानीय किसानहरुको  आवश्यकता र माग अनुसार खुवालाई नेपालकै ब्रान्ड बाहिर देशमा समेत निर्यात गर्ने हेतुले यस उद्योग निर्माणसंगै स्थानीय किसानलाई खुवाको ब्रान्डसंगै राम्रो मुल्यको व्यवस्थापन गर्नका निमित्त  उद्योग स्थापना गर्न लागेको हो ।

आफ्नै खुवा उद्योगको लगानीमा दुधको खुवा बनाउने  उद्योग स्थापना गर्ने तयारी गरिरहेको संस्थाको व्यवस्थापक निर्मल लामाले  बताइन्। उद्योगका लागि चाहिने भवनको काम शुरु गरिएको छ भने उपकरण तथा सामग्री धमाधम आयात भइरहेको छ।

उनका अनुसार उद्योगको कूल लागत हाल  ५ करोड  रहेको छ  भने आवश्यकता अनुसार थप्दै जाने  जनाएको छ। खुवाको ‘हब’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ।

खानीखोलालाई खुवाको ‘हब’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने उनको भनाइ आगामी ६ महिनाभित्रमा खुवा उद्योग सञ्चालन हुने भएको छ।

प्रकाशित मिति: १९:१६ बजे, बुधबार, असार ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्