प्रदेश १ मा ५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ
विराटनगर, चैत २१ : प्रदेश नं १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ।
सामाजिक ....

विराटनगर, चैत २१ : प्रदेश नं १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ।
सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एकएक, ते¥हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुईदुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन शङ्कास्पद व्यक्तिको स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएको बताए।
आइसोलेशन वार्डमा बिहीबारसम्म ११ जना भर्ना भएका छन् जसमा पाँच महिला छन्।
यसैबीच प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई बिहीबार व्यक्तिगत सुरक्षा सामाग्री ६७६ थान वितरण गरिएको छ।