Kathmandu Press

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

चट्याङ लागेर मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्की निवासी ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रजा आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ४ बजेतिर चट्याङ लागेको हो।
चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर, असार ३ : वर्षासँगै परेको चट्याङ लागेर सोमबार मकवानपुरमा ्एक जनाको मृत्यु भएको छ।

चट्याङ लागेर मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्की निवासी ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रजा आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ४ बजेतिर चट्याङ लागेको हो।

चट्याङ लागेर गम्भीर घाइते प्रजालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति: १८:२५ बजे, सोमबार, असार ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्