Kathmandu Press

खानीखोलामा गृहणी सीप मुलक तालिम र नमूना युवा गाउँसभा प्रशिक्षण कार्यक्रम

सीप सिकेर आत्म निर्भर रहने गरि सीपको सदुपयोग गर्ने युवा प्रशिक्षण कार्यक्रमले परिवर्तन आउने स्थानीय उत्पादन संगै युवामा जोसजगारका साथ अघि बढने आशा लिएसँगै तालीमले स्थानीय उत्पादन खरिद हुनुपर्ने थिङ्ले बताए।
खानीखोलामा गृहणी सीप मुलक तालिम र नमूना युवा गाउँसभा प्रशिक्षण कार्यक्रम

काभ्रे, असार ३ : खानिखोला गाउँपालिकामा एकै दिन दुई वटा कार्यक्रमको उद्घाटन भएको छ। आइबार गृहणी महिला सीप मुलक तालिम र नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम उद्घाटन भएको हो।  

वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी सह‌योगमा संचालित गृहणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सीपमूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिका र राष्ट्रिय युवा परिषदको सहयोगमा अग्रसर समाज नेपालको आयोजनामा  खानिखोला गाउँपालिकाको समन्वयमा पालिका स्तरीय २  देखि ५ गते सम्म ४ दिनको नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङको प्रमुख अतिथ्यतामा उद्घाटन भएको छ।

TROKfSh0-1718627807.jpg
 

Hardik ivf

बेरोजगारीहरुको डाटा संकलन गरि महिलाहरुलाई सीप मुलुक तालीम स्थानीय महिलाहरुको निवेदनको आधार आवश्यकता अनुसार स्थानीय उत्पादन गर्ने उदेश्यले साबुन र अचार बनाउने तालिमसँगै युवाहरूलाई विदेश जनाबाट रोकावट गर्ने उदेश्यले नमूना युवा गाउँसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष थिङले बताए।

सीप सिकेर आत्म निर्भर रहने गरि  सीपको सदुपयोग गर्ने युवा प्रशिक्षण कार्यक्रमले परिवर्तन आउने स्थानीय उत्पादन संगै युवामा जोसजगारका साथ अघि बढने आशा लिएसँगै तालीमले स्थानीय उत्पादन खरिद हुनुपर्ने थिङ्ले बताए।

तालिमले खानिखोलाका माहिला तथा युवाहरुमा उत्साह  स्थानीय उत्पादन सीपको मुल्यांकन सहयोग दाता बागमती प्रेदेश सरकार पालिका सरकारको समन्वय र सहकार्य आयोजक टिम लगाएको तालिमको महत्त्वलाई प्रशिक्षकहरुले  माध्यनजरमा राखी सीप र प्रशिक्षणको सदुपयोग हुने विश्वास लिएको प्रशासकीय अधिकृत जीवन गैरेले बताए।

pecS0Xs2-1718627807.jpg
 

राष्ट्रिय युवा परिषद्को सहयोगमा अग्रसर समाज नेपालको आयोजना खानिखोला गाउँपालिकाको समन्वयमा पालिका स्तरीय ४ दिनको नमूना युवा गाउँसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा ३५ जना सहभागी रहेको छ।

 वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी  सह‌योगमा संचालित गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिममा वडा नस् ४ मा अचार बनाउने  २५ जना महिला सहभागी वडा नं. ५ र ६ गरि ५० जना सहभागी रहेको थियो।

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, असार ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्