Kathmandu Press

वागमती प्रदेशमा सिलिङभन्दा बढी बजेट आएपछि विरोध

प्रदेश मन्त्री खतिवडाले कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रश्तुत गरेका थिए। कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामाले अर्थतन्त्र रस्रोतको हिसाबलाई मध्यनजर नगरी घाटाको बजेटको रुपमा ल्याएको भन्दै आपत्ति जनाए।
वागमती प्रदेशमा सिलिङभन्दा बढी बजेट आएपछि विरोध

काठमाडौं, असार २ : बागमती प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट प्रतिपक्षी दलहरू चरम असन्तुष्टी प्रकट भएको छ। अर्थमन्त्रीले सिलिङभन्दा बढीको बजेट ल्याएपछि आपत्ति प्रकट भएको हो।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ खतिवडाले शनिबार प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्ष भन्दा अत्याधिक बढेर आएपछि प्रतिपक्षी दलको आलोचनासँगै असन्तुष्टी समेत आएको हो।

Hardik ivf

प्रदेश मन्त्री खतिवडाले कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रश्तुत गरेका थिए। कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामाले अर्थतन्त्र रस्रोतको हिसाबलाई मध्यनजर नगरी घाटाको बजेटको रुपमा ल्याएको भन्दै आपत्ति जनाए।

लामाले बजेटलाई कांग्रेसले सजिलै स्वीकार गर्नसक्ने अवस्था नभएको पनि बताएका छन्। बजेटलाई लिएर प्रमुख सत्ताधारी माओवादी केन्द्रकै कतिपय सांसदले समेत असन्तुष्टि जनाएका छन् । उनीहरुले खुद्रे बजेट रहेको बताएका छन्।

बागमती प्रदेशमा कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट रहेको छ। उक्त बजेटलाई लिएर राप्रपाका सांसदहरुले समेत विरोध गरेका छन्।

प्रकाशित मिति: १६:२० बजे, आइतबार, असार २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्