Kathmandu Press

आइडिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

जुन १८ देखि अर्थात असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने शुक्रबार एक पत्रकार सम्मेलनमा जानकारी गराइयो।
आइडिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, जेठ ३२ : नेपालमा आयोजना हुन लागिरहेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने निश्चित भएको छ।

जुन १८ देखि अर्थात असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने शुक्रबार एक पत्रकार सम्मेलनमा जानकारी गराइयो।

Hardik ivf

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २१औं बैठक सुरु हुने जानकारी गराइएको हो। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो।

उद्घाटन सत्रमा नेपालका प्रधानमन्त्री दाहालले मुख्य सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए। अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो।

नेपालले ६ वर्षअघि आइडिए–१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो। बैठकमा सहभागी हुन ७० बढी मुलुकका दुई सय बढी प्रतिनिधि नेपाल आउने छन्।

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, जेठ ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्