Kathmandu Press

इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय छानबिन आयोग (सीओआई)ले यो प्रतिवेदन व्यापक रूपमा प्रमाण संकलन गरी दोषीको पहिचान गरी सार्वजनिक गरेको जनाएको छ। जसमा इजरायल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा गरिएका आक्रमणहरू समावेश छन्।
इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार : संयुक्त राष्ट्रसंघ

न्युयोर्क, जेठ ३१ : गाजा युद्धका लागि इजरायल र हमास दुवै जिम्मेवार रहेको संयुक्त राष्ट्रसंघले बताएको छ।

राष्ट्रसंघको प्रारम्भिक अनुसन्धानले इजरायलको कारबाहीले सर्वसाधारणको ज्यान जानुलाई मानवता विरुद्ध भएको देखाएको छ।

Hardik ivf

राष्ट्रसंघले दुईवटा समानान्तर प्रतिवेदनका आधारमा यस्तो निष्कर्ष निकालेको हो। जसमा पहिलो रिपोर्ट अक्टोबर ७ मा हमासले गरेको हमलाको बारेमा थियो भने दोस्रो रिपोर्ट इजरायलको प्रतिक्रियामा गरिएको कारबाहीमा आधारित छ।

संयुक्त राष्ट्रसंघीय छानबिन आयोग (सीओआई)ले यो प्रतिवेदन व्यापक रूपमा प्रमाण संकलन गरी दोषीको पहिचान गरी सार्वजनिक गरेको जनाएको छ। जसमा इजरायल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा गरिएका आक्रमणहरू समावेश छन्।

सीओआईले इजरायलले आयोगलाई सहयोग नगरेको र काममा बाधा पु¥याएको पनि उल्लेख गरेको छ। इजरायलले अनुसन्धानकर्ताहरुलाई इजरायल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा पुग्न पनि रोक लगाएको थियो।

तर, इजरायली कूटनीतिज्ञहरूले जेनेभामा संयुक्त राष्ट्र आयोगको प्रतिवेदनलाई अस्वीकार गरेका छन् । उता प्रतिवेदनमा हमासको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन।

इजरायलका अनुसार अक्टोबर ७ मा सीमाबाट भएको आक्रमणमा १२ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाएको थिया । यसपछि गाजामा जवाफी सैन्य कारबाही गरिएको उसले जनाएको छ।

प्रकाशित मिति: १२:०६ बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्