Kathmandu Press

कुवेतको ६ तले भवनमा आगलागी हुँदा ४१ जना हताहत, नेपालीको पनि बसोबास रहेको आशंका

वस्तृत विवरण आउन बाँकी रहेको कुवेतस्थित नेपाली दुतावासले जनाएको छ। अहिले कुवेतस्थित नेपाली दूतावासका कन्सुलर सुजनी राना, श्रम सहचारी गिरीप्रसाद आचार्यसहित तीन जना घटनास्थल पुगेका छन्।
कुवेतको ६ तले भवनमा आगलागी हुँदा ४१ जना हताहत, नेपालीको पनि बसोबास रहेको आशंका

काठमाडौं, ३० जेठ : दक्षिण कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा कम्तीमा ४१ जना हताहत भएका छन्। आगलागीमा परी कयौँ घाइते भएको जनाइएको छ।

उक्त ६ तले भवनमा नेपाली कामदार पनि रहेको आशंका गरिएको छ। यद्धपि अहिलेसम्म घटनामा नेपाली परेको भन्ने कुनै सूचना भने प्राप्त नभएको जनाइएको छ।

Hardik ivf

वस्तृत विवरण आउन बाँकी रहेको कुवेतस्थित नेपाली दुतावासले जनाएको छ। अहिले कुवेतस्थित नेपाली दूतावासका कन्सुलर सुजनी राना, श्रम सहचारी गिरीप्रसाद आचार्यसहित तीन जना घटनास्थल पुगेका छन्।

स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे आगलागीको घटना भएको थियो। आगलागी नियन्त्रणमा आएपछि कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ साउद अल–सबाह घटनास्थल पुगेका थिए। उनले नै कम्तीमा ४१ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

उक्त भवन कामदारहरू बस्नका लागि प्रयोग गरिएका कारण ठूलो संख्यामा कामदारहरू रहेको अनुमान छ। आगलागीबाट घाइते दर्जनौँको उद्धार गरिएको छ । समाचार संस्था रोयटर्सले एकजना वरिष्ठ प्रहरी कमान्डरको भनाई उदृध गर्दै आगलागीको धुवाँमा निसासिएर धेरैको ज्यान गएको बताएको छ।

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्