Kathmandu Press

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए सपथ

राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि मोदीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए सपथ

काठमाडौं, जेठ २७ : नरेन्द्र मोदीले तेस्रो पटक भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि मोदीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।

Hardik ivf

लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन्। गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो। उनलाई गत शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्।

मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित दक्षिण एसिया विभिन्न मुलुकका राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरू पुगेका छन्। मौरिससका राष्ट्रपति पनि शपथ समारोहमा उपस्थित छन्।

मोदीले आफ्नो मन्त्रिपरिषद्का महत्त्वपूर्ण मन्त्रालयहरूमा पुरानै मन्त्रीहरूलाई दोहोर्‍याएका छन्। राजनाथ सिंह, अमित शाह, नीतिन गडकारी, जेपी नड्डा, शिवराजसिंह चौहान, निर्मला सितारमण, एस। जयशंकर, पीयूष गोयल लगायत मन्त्री बनेका छन्।

मोदीले गठबन्धनका मुख्य घटक नीतिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडू नेतृत्वको तेलगु देशम पार्टीबाट पनि मन्त्री बनाएका छन्।

 

 

प्रकाशित मिति: २०:०८ बजे, आइतबार, जेठ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्