कोशी प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीले जलाए
आइतबार बिहान विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले कार्यालयतर्फ गइरहेको योजना आयोगको गाडीमा तोडफोड गर्दै आगनजी गरेका हुन्।
मोरङ, जेठ २७ : कोशी प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले जनाएका छन्।
आइतबार बिहान विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले कार्यालयतर्फ गइरहेको योजना आयोगको गाडीमा तोडफोड गर्दै आगनजी गरेका हुन्।
शुक्रबार रंगेली नगरपालिकाबाट प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको विरोधमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी आइतबार प्रदर्शन गरेका थिए। सोही प्रदर्शनमा योजना आयोगको गाडी जलाएका हुन्।
विद्यार्थीको समूहले आगजनी गर्नुअघि नेपाल विद्युत प्राधिकरणको पाँच वटा गाडी तोडफोड गरेका थिए। कन्जनजंगा पार्टी प्यालेस अगाडि रोकेर राखेको प्राधिकरणको बा१ञ १८८७, को१ञ २४१९, प्रदेश १-००१ ञ २७०१, प्रदेश १-००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरेका थिए । तोडफोडबाट गाडी फुटेको शिशा फुटेको छ।
तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको थियो।
निजी स्कुलहरुले मनपरि शुल्क असुलेको विरोधमा गत बिहीबार विद्यार्थी समूहले रंगेली नगरपालिका तोडफोड गरेकाले उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले जनाको छ।