एकै पटक चार हजारले घट्यो सुनको मूल्य
शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौं, जेठ २७ : नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार रुपैयाँ घटेको छ।
शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो। यस्तै तेजाबी सुन तोलामा एक लाख ४० हजार तीन सय रूपैयाँ निर्धारण गरिएको छ।
महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:१५ बजे, आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












