Kathmandu Press

पनौतीको बाल समुह संजालको अध्यक्षमामा एन्जिला

पनौतीको बाल समुह संजालको अध्यक्षमामा एन्जिला

काभ्रे, जेठ २६ : पनौतीको नगर बाल समुह संजालको अध्यक्षमा पनौती नगरपालिका वडा न. ६ की एन्जिला खत्री सर्वसम्मत रुपमा चयन भएकी छिन्।

पनौती नगरपालिकाको स्वाभिमान,दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान भन्ने नाराका साथ पनौती नगरपालिकाले नगर बाल समुह संजालको प्रकृयागत पुनर्गठन गरेको छ।

शनिबार एक कार्यक्रमको आयोजना गरि पनौती नगरपालिकाको बालमैत्री शाखाले नगर बाल समुह संजालको पुनर्गठन गरेको हो । प्रत्येक वडाबाट एक जना बालक र एक जना बालिका  जम्मा गरी  संजाल तयार पारेको हो।

Hardik ivf

नगर बाल समुह संजालको उपाध्यक्षमा वडा नं. ५ बाट जेशन थापा, सचीवमा वडा नं. ८ बाट श्रेया मगराती, कोषाध्यक्षमा वडा नं. ५ का सम्भवी श्रेष्ठ र सह सचीवमा निशान थापा वडा नं. ११ बाट चयन भएका छन्।

8CTdsx3a-1717859510.jpg

कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बाल समुह संजालले असल र चरीत्रवान व्यक्ति निर्माण गर्ने बताउँदै असल व्यक्ति बन्न व्यवहारीक हुनुपर्नेमा जोड दिए। उनले बालबालिकालाई अधिकार संगै कर्तव्य परायण बनाउन पनि आवश्यक रहेको बताए।

उपप्रमुख गीता बन्जाराले समाज परिवर्तन गर्न नगर बाल समुह संजालको निकै महत्त्वपूर्ण योगदान रहेको बताइन् साथै उनले बाल समुह संजाल मार्फत धेरै प्रतिभाहरु जन्माएको र धेरै सिर्जनसिल कार्यहरू भएको भन्दै प्रसंशा गरिन्।

कार्यक्रममा नगर बाल संजालका निवर्तमान अध्यक्ष दिक्षित न्यौपानेले आफ्नो कार्यकालमा १८ हजार बालबालिकाको नेतृत्व गरि बालबालिकाको हक, हित र संरक्षण क्षेत्रमा धेरै कार्यहरू भएको जिकिर गरे।

OqczQ7bw-1717859509.jpg

नवनियुक्त अध्यक्ष एन्जिला खत्रीले आफ्नो कार्यसमितिले पनौती नगरपालिकाको बालमैत्री अभियानलाई सफल पार्न सधैंभरी तल्लीन भइ कार्य गर्ने बताइन्।

पनौती नगरपालिका २०७८ मै बालमैत्री नगर घोषणा भइसकेको छ भने आगामी दिनमा बालश्रममुक्त नगर घोषणा गर्ने तयारिमा पनि नगरपालिका रहेको छ ।

प्रकाशित मिति: २०:५७ बजे, शनिबार, जेठ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्