Kathmandu Press

भारतको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

प्रहरीलाई घटनाको बारेमा पीसीआर कलबाट सूचना प्राप्त भए पछि प्रहरी कर्मचारीहरू फूड्स लिमिटेडमा पुग्दा आगो लागिरहेको प्रहरीले जनाएको छ। घटना हुँदा नौ जना कारखाना भित्र रहेको जनाइएको छ।
भारतको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

नयाँ दिल्ली, जेठ २६ : भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ।

प्रहरीलाई घटनाको बारेमा पीसीआर कलबाट सूचना प्राप्त भए पछि प्रहरी कर्मचारीहरू  फूड्स लिमिटेडमा पुग्दा आगो लागिरहेको प्रहरीले जनाएको छ। घटना हुँदा नौ जना कारखाना भित्र  रहेको जनाइएको छ।

Hardik ivf

उनीहरूको उद्धार पछि तत्कालै नरेलाको एसएचआरसी अस्पतालमा लगिएकोमा घाइते मध्ये तिन जनालाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ग्यास बर्नरमा कच्चा मुग भर्ने क्रममा ग्यासको एउटा पाइपलाइनमा ग्यास चुहिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। आगो फैलिदा कम्प्रेसर अत्यधिक तताएको परिणामस्वरूप विस्फोट भएको थियो।

मृत्यु हुनेहरुमा श्याम , राम सिंह र बीरपा रहेको पुष्टि भएको छ। घाइते मध्ये पुष्पेन्द्र आकाश , मोहितकुमार , रवि कुमार, मोनु र लालु  रहेका छन्।

घटनासँग उपयुक्त धारा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको  प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:०० बजे, शनिबार, जेठ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्