Kathmandu Press

रोशीमा सरकारसँग विद्यार्थी कार्यक्रम

रोशीमा सरकारसँग विद्यार्थी कार्यक्रम

काभ्रे, जेठ २५ : रोशी गाउँपालिकामा सरकारसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रोशीको वडा नं. ७मा रहेको रोशी माध्यामिक विद्यालयले सरकारसँग विद्यार्थी कार्यक्रम आयोजना गरेको हो।

शुक्रबार रोशी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यार्थीहरूले रोशी सरकारका लागि विभिन्न प्रश्नहरू गरेका थिए। विद्यार्थीहरूको प्रश्नको जवाफ रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ र वडा नं. ७ का वडाध्यक्ष अशोक गौतमले दिएका थिए।

Hardik ivf

स्थानीय सरकारसँग विद्यार्थी कार्यक्रम पहिलोपटक आयोजना गरेकोमा विद्यालयलाई गाउँपालिका अध्यक्ष लामाले धन्यवाद व्यक्त गरे। विकासको पहिलो आधार शिक्षा भएकाले गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको उनको भनाई छ।

आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गर्दै जान लामाले आग्रह गरे ।शिक्षाको क्षेत्रमा पालिकाले गर्न सक्ने कुराहरू पालिकाले गर्ने र नसक्ने कुराहरू प्रदेश सरकार र संघीय सरकारसँग पहल गर्ने लामाले बताए ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले शिक्षालाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको बताए।

eUiBPB-O-1717773728.jpg

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले शिक्षाको नीतिगत कामहरू जनप्रतिनिधिले गर्ने र प्रशासनिक काम कर्मचारीले गर्ने बताए। शिक्षाको क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार मिलेर गर्ने र विद्यालय पनि एक खालको सरकार भएकाले सबै एक आपसमा मिलेर अगाडी बढ्नुपर्ने उनको भनाई छ।

रोशी–७ का वडाध्यक्ष अशोक गौतमले गुणस्तरीय शिक्षाका लागि वडाकार्यालयबाट हुने कुनै पनि सहयोग बाँकी नराख्ने बताए।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य गौरव मोक्तान, प्रमोद उप्रेती, प्रधानाध्यापक रामशरण सिग्देल लगायत शिक्षक बिद्यार्थीहरूको उपस्थिती रहेका थिए।

प्रकाशित मिति: २१:०७ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्