Kathmandu Press

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

बिहीबार प्रतितोला क लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ। यो हालसम्मकै उच्च विन्दु हो।
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं, जेठ २५ : स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार रूपैयाँ बढेको छ।

बिहीबार प्रतितोला क लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ। यो हालसम्मकै उच्च विन्दु हो।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ।

चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय निर्धारण भएको छ।

प्रकाशित मिति: १३:५३ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्