Kathmandu Press

सतीश सिंह बने मधेशको मुख्यमन्त्री

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
सतीश सिंह बने मधेशको मुख्यमन्त्री

धनुषा, जेठ २५ : जनमत पार्टीका सतीशकुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री बनेका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

Hardik ivf

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीकाको समर्थनमा सतीशले शुक्रबार बिहान प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत पाउन नसेपछि उनी पदमुक्त भएका थिए। लगत्तै प्रदेश प्रमुख भण्डारी शुक्रबार बिहान १० बजेसम्मको समय दिएर सरकार गठनका लागि आव्हान गरेकी थिइन्।

नवनियुक्त मुख्यमन्त्री सिंहको शतथग्रहणको तयारी भइरहेको बताइएको छ।

प्रकाशित मिति: १२:०७ बजे, शुक्रबार, जेठ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्