Kathmandu Press

जनमतका सतीश सिंहद्वारा मधेशको मुख्यमन्त्रीमा दाबी पेस

जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका नौ, एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्ति पार्टीका एक गरी ५४ जना प्रदेशसभा सदस्यको उनलाई समर्थन छ।
जनमतका सतीश सिंहद्वारा मधेशको मुख्यमन्त्रीमा दाबी पेस

धनुषा, जेठ २५ : मधेस प्रदेशको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्।

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सतीशले दाबी पेस गरेका हुन्।

Hardik ivf

उनले एमाले संसदीय दलका नेता सरोज यादव, माओवादी केन्द्रका संसदीय दलका भरतप्रसाद साह, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले उपस्थितिमा प्रदेश प्रमुखसमक्ष दाबीपत्र पेस गरेका हुन्।

यसअघि जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भए पनि जनमतले सिंहलाई अगाडि सारेको हो।

जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका नौ, एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्ति पार्टीका एक गरी ५४ जना प्रदेशसभा सदस्यको उनलाई समर्थन छ।

जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेशप्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका आव्हान गरकेकी थिइन्।

प्रकाशित मिति: १०:५५ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्