Kathmandu Press

काभ्रेमा अन्डर १५ बास्केटबल छनोट सम्पन्न

छनोमा लार इन्टरन्यासनल स्कुल, ज्ञानन्कुन्ज शैक्षिक प्रतिष्ठान, काठमाडौं युनिभर्सिटी हाई स्कुल, एसओएसलगायतका विद्यालयका छात्र–छात्रा गरी झन्डै ५० भन्दा बढी खेलाडीहरू सहभागी थिए।
काभ्रेमा अन्डर १५ बास्केटबल छनोट सम्पन्न

काभ्रे, जेठ २४ :  काभ्रेको बेलर स्कूलको प्रांगणमा अन्डर १५ बास्केटबल छनोट सम्पन्न भएको छ।

छनोमा लार इन्टरन्यासनल स्कुल, ज्ञानन्कुन्ज शैक्षिक प्रतिष्ठान, काठमाडौं युनिभर्सिटी हाई स्कुल, एसओएसलगायतका विद्यालयका छात्र–छात्रा गरी झन्डै ५० भन्दा बढी खेलाडीहरू सहभागी थिए।

Hardik ivf

नेपाल बास्केटबल संघका उपाध्यक्ष पवन थापा र काभ्रे बास्केटबल संघका प्रतिनिधि शिव थापा मगरको विशेष उपस्थिति रहेको कार्यक्रममा प्रशिक्षकको रूपमा प्रशान्त शाहले भूमिका निर्वाह गरेका थिए।

8lxQflie-1717666801.jpg

छनोटमा सफल भएका सम्पूर्ण खेलाडीहरूलाई संघको तर्फबाट हार्दिक बधाई दिइएको छ।

छनोट खेलले आगामी प्रतियोगिताहरूका लागि योग्य खेलाडीहरूको छनेटमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भविष्यमा यस्ता कार्यक्रमहरूले स्थानीय खेलाडीहरूको उत्साहवर्धन गर्दै बास्केटबल खेलको विकासमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति: ०९:२५ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्