शुभ मुहुर्त नजुरेको भन्दै मोदीको सपथ एक दिनपछि सारियो
भारतीय सञ्चारमाध्यमले शुभ मुहुर्त जुराउने क्रममा आइतबारलाई उचित समय निस्किएपछि एक दिन पछि सारिएको बताएका छन्।
काठमाडौं, जेठ २४ : भारतको प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीको सपथ शुभ मुहुर्त नजुरेको बताउँदै एक दिनपछि सारिएको छ।
प्रधानमन्त्रीको सपथ शनिबार हुने भनिए पनि शुभ मुहुर्त आइतबारका लागि जुरेपछि एक दिनपछि सारिएको हाे। मोदीले नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई शनिबार शपथ लिन लागेको भन्दै निम्ता दिइसकेका छन्।
भारतीय सञ्चारमाध्यमले शुभ मुहुर्त जुराउने क्रममा आइतबारलाई उचित समय निस्किएपछि एक दिन पछि सारिएको बताएका छन्।
मोदीले लोकसभामा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) एक पटक फेरि गठबन्धन सरकार बनाउने तयारी गरिरहेको छ।
प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार