Kathmandu Press

ग्लोबल आइएमईलाई ‘प्रोसेस इनोभेसन अवार्ड’

इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा बैंकलाई ‘इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एन्ड इकमर्स कार्ड इसुयन्स’ विधामा उत्कृष्ट बैंकका रूपमा सम्मान गरिएको हो।
ग्लोबल आइएमईलाई ‘प्रोसेस इनोभेसन अवार्ड’

काठमाडाैं, जेठ २३ : ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ।

इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा बैंकलाई ‘इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एन्ड इकमर्स कार्ड इसुयन्स’ विधामा उत्कृष्ट बैंकका रूपमा सम्मान गरिएको हो।  

आफ्नो कोर बैंकिङ सफ्टवेयरका लागि फिनाकल प्रयोग गर्दै आइरहेको बैंकले नवीनतम सेवा दिँदै आइरहेको छ।

यस सम्मानले बैंकलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ सफ्टवेयर प्रयोग गर्दै सुरक्षित र सहज बैंकिङ सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जनाएको छ।

प्रकाशित मिति: २०:२१ बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्