कांग्रेस र लोसपाले मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने
मधेश प्रदेश कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हाे। यस्तै लोसपा संसदीय दलले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय लिएको छ।
काठमाडौं, जेठ २३ : नेपाली कांग्रेस र लोसपाले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएका छन्।
मधेश प्रदेश कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हाे। यस्तै लोसपा संसदीय दलले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय लिएको छ।
मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्। मधेश प्रदेश सभामा कांग्रेसको २२, जसपाको १९ लोसपाको ८ सिटसहित ४९ छ।
विश्वासको मतका लागि ५४ सांसदको समर्थन जुटाउनुपर्छ।
प्रकाशित मिति: १७:५३ बजे, बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार